अवैध रुपमा ल्याउंदै गरेको मदिरा नष्ट

प्रकाशित समय 7:24:00 PM
पाँचथर, २ कार्तिक । भारतको सिक्किमबाट अवैध रुपमा ल्याउंदै गरेको मदिरा पाँचथर प्रहरीले नियन्त्रणमा लिई नष्ट गरेको छ । स्थानीय व्यापारीले भारतीय सीमा क्षेत्रबाट विक्रीका लागि ल्याउँदै गरेको वियर र रक्सी फालेलुङ गाउँपालिकाको प्राङबुङमा प्रहरीले नष्ट गरेको हो ।
जिल्ला प्रहरी कार्यालयबाट सीमा क्षेत्रमा खटिएको गस्ती टोलीले पक्राउ गरी ल्याइएको दुई सय ८२ बोतल मदिरा नष्ट गरेको जनाएको छ । प्रहरीले सिक्किममा उत्पादित हिट वियर र रम गरी करीब एक लाख ४० हजार ७ सय रुपैंयाँ बराबरको मदिरा नष्ट गरिएको जनाएको छ ।  

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »