भूमिसुधार कार्यलय प्रमुख पोखरेल एक लाख घूससहित पक्राउ

प्रकाशित समय 9:04:00 AM
राजविराज, २६ असोज । सेवाग्राहीसित एकलाख रुपैयाँ घूस लिँदै गर्दा जिल्ला भूमिसुधार कार्यालय सप्तरीका प्रमुख प्रकाश पोखरेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बिहीबार पक्राउ गरेको छ ।
मोहियानी जग्गा बाँडफाँट सम्बन्धी विषयमा सेवाग्राहीसित एक लाख घूस लिँदै गर्दा पोखरेललाई पक्राउ गरिएको अख्तियारको पूर्वाञ्चल क्षेत्रीय कार्यालयका प्रहरी उपरीक्षक किसनसिंह थापाले जानकारी दिए ।
पोखरेलले पछिल्लो एक हप्तादेखि सेवाग्राहीसित मोहियानी जग्गा बाँडफाँटसम्बन्धी विषयमा घूसको रकम माग्दै आएका थिए । पीडितले अख्तियारलाई जानकारी गराएपछि उनलाई बिहीबार घूसको रकम सहित रंगेहात नियन्त्रणमा लिइएको छ । घूसको रकमसहित पक्राउ गरिएका पोखरेललाई थप अनुसन्धान र कारबाहीका लागि काठमाडौं पठाइने प्रहरी उपरीक्षक थापाले जनाए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »