राजश्व कार्यालय जनकपुरका कर्मचारी घुससहित पक्राउ

प्रकाशित समय 9:47:00 AM
काठमाडौं, ३० असोज ।  आन्तरिक राजश्व कार्यालय जनकपुरमा कार्यरत कम्प्युटर अपरेटर राम किशोर महतो ३२ हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले महतोलाई कार्यालयको गेट अगाडिबाट नियन्त्रणमा लिएको हो । कानूनबमोजिम उक्त कार्यालयमा दर्ता भएको पसल बन्द गरीपाउँ भनि सेवाग्राहीले निवेदन दिएको र सो कार्य गरिदिनको लागि विभिन्न बहानामा उनले घुस लिएको अख्तियारले जनाएको छ । सेवाग्राहीको उजुरीको आधारमा अख्तियार कार्यालय बर्दिवासबाट खटिएको टोलीले महतोलाई पक्रेको सोमबार जारी विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »