
एल्बममा ‘हम छि सिताहमर यि जनकनगरी.., कोई पुजैअ रामजि कोई पुजई हनुमान.., शिवहो उतरब पार कोनो विधी.., चलु सव कामरिया उतरहीनी नगरिया.., मातामात पुकारै छि राईतो दिना.., हे गौरी देव हमतोरो उपराग.. र मिश्री मलाई स कुछ न हुई..गरि सातगित राखिएको छ ।’
प्रस्तुत गरिएको उक्त एल्बममा मैथिली महाकवि विद्यापतिद्वारा लिखित शिवका दुई भजनहरुलाई स्वरबद्ध गरेका छन् । साथै समलित केही गितहरु सुर्यनारायण सिंह, गुरुशरण सदा र शान्ति सदाद्वारा लिखित रचनाहरु रहेका छन् भने संगित सुर्यनारायण सिंहले गरेका छन् ।
हम छि सिता भजन एल्बममा शिवभजन, दुर्गा भजन, बोलबम गित, मिथिला पहिचानसंग जोडिएको सिताका गित र हिन्दु पहिचान गराउने गितहरु राखिएको छ ।
मुसहर समुदायभित्रका अतिविपन्न परिवारमा जन्मे हुर्के यि युगलजोडिले मैथिली गित संगितमार्फत मैथिली भाषालाई पहिचान गराउन प्रयासरत छन् । २०६५ सालमा पहिलो पटक समाजिक विषय बस्तुसंग केन्द्रित रहेको “सैया पैया परैछि” एल्बम बजारमा ल्याएका थिए भने नौ वर्ष पछि दोस्रो एल्बम “हम छि सिता”बजारमा ल्याएका छन् ।
