
पिडारी चौक स्थित कृष्णा लस्सी पसलका १० वर्षीय महेन्द्र यादवलाई पसलमा आउनेहरु काले भनेर बोलाउदा उदंग पर्छन । पसलमा पानी बाडने जिम्मेवारी सम्हालेका कालेको कलिलो उमेर काम गर्नु भन्दा पनि खेल्ने र पढने हो । तर पढन र खेल्ने त कहा हो कहा उनले बिहान देखि अबेर राती सम्म होटलमा घोटिएर काम गर्नु परेको छ । होटलमा काम गर्ने बालकहरुको पछिल्ला केहि वर्षको दिन चर्या एक नासको छ ।
जनकचौक स्थित भागिरथ, सिताराम र पिडारीचोकको कृष्णा होटलमा बालकहरु अहोरात्र खटिनु परेको उदाहरण मात्रै हो । जनकपुरको होटल, चियापसल, खाजा पसल, ग्यारेज, पसल, कलकरखाना, निजि घरमा अबैध रुपमा बालकहरुलाई काममा लगाइएको छ । गरिब परिवारमा खान लगाउन र बस्ने समस्या भएपछि आमा बुवाले नै यस्ता अवैध तरिकाले आर्थिक लोभका कारण काममा बालकहरुलाई लगाउने गरेको पाइन्छ । खान र बस्न दिएपछि कम पारिश्रमिकमा दिन भरि काम गर्ने भएकाले होटेल सञ्चालकले बालवालिकाहरुलाई होटेलमा काम लगाउने गरेका छन् । रात दिन काम गर्दा पनि बालकहरुले ५ हजार सम्म तलव पाउछन् ।
होटेलमा काम गर्ने बालकहरुका समस्या र परिवारको अवस्था कहालि लाग्दो छ । जनकपुरको होटेल, कलकरखाना, ग्यारेश, मोटर वर्कशपमा अबैध रुपमा काम गरेको देखिएपनि उद्धार गर्न नसकिएको जनकपुर उप महानगरपालिका समाजिक शाखा प्रमुख गणेश प्रसाद यादवले बताए ।
बालश्रम (निषेध र नियमित गर्ने) ऐन, २०५६ को बालश्रम (निषेध र नियमित गर्ने) ऐन, २०५६ को परिच्छेद—५ मा कसैले दफा ३ को उपदफा (१) विपरीत काम गरेमा निजलाई तीन महिनासम्म कैद वा दश हजार रुपैयासम्म जरिवाना वा दुवै सजाय हुनेछ व्यवस्था समेत गरिएको छ ।
