
जिल्ला प्रहरी कार्यालय सिरहाले म्यादी प्रहरीमा आबेदन दिने युवा÷युवतीको चाप थेग्न नसकेपछि चार ठाँउबाट फारम दर्ता गर्ने ब्यबस्था गरेको थियो । फारम दर्ता सुरु गरेको पहिलो दिन बुधबार मात्र जिल्ला प्रहरी कार्यलय सिरहाबाट ६९ महिला र ७६४ पुरुष गरी ८३३ जनाले फारम दर्ता गरेका छन् ।
बेरोजगार युवा÷ युबतीले आकर्षक तलब सुबिधा भएकाले र थोरै समय भएपनि देशको सेवा गर्न पाइने भएकोले म्यादी प्रहरीमा जान चाहेको प्रतिक्रिया दिए । म्यादी प्रहरीका लागि सिरहाको लहान, मिर्चैया र गोलबजारबाट पनि फारम बितरण गर्ने व्यवस्था छ भने दर्ता जिल्ला प्रहरी कार्यालय सिरहाले मात्र लिएको छ । स्थानीय तहको निर्बाचनमा म्यादी प्रहरीका लागि सिरहामा ६ हजार युवाले आबेदन दिएका थिए । त्यसमा १ हजार ९३२ जना म्यादी प्रहरी स्थानीय तह निर्बाचन सुरक्षाका लागि छनोट भएका थिए ।
