
सवारीसाधन नामसारी, सवारी चालक अनुमति पत्र ,नविकरण जस्ता कामको लागि जाने सर्वसाधारणहरु सहज सेवाबाट बञ्चित हुने गरेका छन् । कार्यालय व्यवस्थत नहँुदा सानतिनो कामको लागि समस्या भोग्नु परेको सेवाग्राहीहरुको गुनासो छ ।
यता यातायात कार्यालयका निमित प्रमुख बालकृष्ण हुमागाईले कार्यालयलाई व्यवस्थित गर्न खोजेको दावी गरे । स्मार्ट लाईसेन्सको लागि निर्माणाधिन भवन अन्तिम चरणमा पुगेकाले तीन चार दिनभित्र नागरिक वडापत्रका साथै उजुरी पेटिका राखेर कार्यालय व्यवस्थित गर्ने र जनतालाई सहज सेवा प्रदान गर्ने बताए ।
