सिरहामा १५ दिनको अवधिमा दुईको हत्या

प्रकाशित समय 9:48:00 AM
 राम नारायण पंडित
गोलबजार, ६ असोज । सिरहाको कर्जन्हा नगरपालिका २ बन्दिपुरको कमला नदि किनारको झाडीमा हत्या गरी फालिएको अवस्थामा एक बालकको शव फेला परेको छ । स्थानीय कुसुमलाल यादवको १२ वर्षीय छोरा भवेश यादवको शव कमला किनारको झाडीमा टाउको छुट्टिएको अवस्थामा आइतबार वेलुका फेला परेको प्रहरीले जनाएको छ ।
कार्तिक ३ गतेबाट हराईरहेको बालकको घाँटी छुट्टिएको अबस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरिक्षक शेखर कोइरालाले जनाएको छ ।
मृतकका बुवा कुसुमलालले छोरा हराएदेखि नै आफ्नो आफन्तकोमा खोजविन गर्दा पनि नभेटेपछि प्रहरीलाई खवर गरेको जनाएको छ । शुक्रबारसँगै पढ्ने गाउँकै अजय साहसँग कमलाको नहरमा नुहाउन गएका उनी अवेरसम्म घर नफर्केपछि उनको खोजतलास सुरु गरेको बुवा कुशुमलालले बताए । जिल्ला प्रहरी कार्यालय सिरहाले घट्नाको अनुसन्धान जारी रहेको बताएको छ ।
यसअघि  कर्जन्हा नगरपालिका १० प्रयागपुरमा असोज २३ गते राति एक युवकको धारिलो हातियार प्रहार गरि घाटी रेटी हत्या गरेको थियो । आफ्नै घरमा सुतिरहेको वेला ३५ वर्षीय शशिभुषण प्रसाद साहको हत्या भएको थियो । प्रहरीले घटनामा संलग्न एक जनालाई नियन्त्रणमा लिएपनि उनको नाम सार्वजनिक गरेको छैन । सिरहामा १५ दिनभित्र दुई जनाको हत्या भएको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »