सिरहामा तीन दिनमा तीन सय ७१ सवारीसाधनमाथि कारबाही

प्रकाशित समय 9:51:00 AM
गोलबजार, ६ कार्तिक । जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान सिरहाले तीन दिनको अवधिमा ट्राफिक नियम उल्लंघन गर्ने तीन सय ५० भन्दाबढी सवारी साधनमाथि कारबाही गरेको छ ।
दीपावली, गोबर्धन पूजा र भाइटिकाको दिन (तीन दिन)को अवधिमा ३७१ सवारीसाधनमाथि कारबाही गरेको जनाएको छ । कारबाहीबाट दुई लाख पाँच हजार जरिवाना संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान सिरहाका प्रमुख एवं प्रहरी निरीक्षक रुद्र चुँडालले जानकारी दिए ।
पूर्व–पश्चिम राजमार्ग तथा जिल्लाको भित्री सडकमा गरिएको सवारी जाँचका क्रममा ट्राफिक नियम उल्लंघन गर्ने दुई सय २३ मोटरसाइकल तथा एक सय ४८ वटा चारपांग्रे सवारीसाधनमाथि कारबाही गरिएको प्रमुख चुँडालले बताए ।
चाडपर्वका बेला तीव्ररुपमा ट्राफिक नियम उल्लंघन हुने गरेकाले प्रहरीले सवारी जाँचलाई तीव्र पार्ने गरेको जनाएको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »