सशस्त्र वन रक्षकसहित सहायक वन अधिकृत दिनकरदयाल साहको कमान्डमा रहेको ७ जनाको गस्तीमाथि आँखामा टर्च बाल्दै ढुंगामुढाले आक्रमण गर्न थालेपछि अवस्था जटिल बनेको गस्तीमा संलग्न वनकर्मीलाई उद्धृत गर्दै जयसवालले जनाए । हवाई फायरपछि तस्कर तितरबितर भएका थिए ।
घना जंगल र अँध्यारोको फाइदा उठाउँदै काठ तस्कर भागेपछि उनीहरूले अवैधरूपमा काटेको २० क्युफिट बराबरका साखु जातका ३ थान गोलिया गस्ती टोलीले बरामद गरेको छ । डीएफओ जयसवालका अनुसार घटनापछि जंगली क्षेत्रमा अहिले गस्ती र निगरानी तीव्र पार्नुका साथै घटनाको सूक्ष्म अनुसन्धान थालिएको छ ।
गत साता बर्दिवास–३ स्थित पाटुको जंगलबाट साखुका करिब ६ क्युफिट काठसहित पक्राउ परेका ५ जना काठ तस्करको घटनासँग गढन्ताको घटनालाई जोडेर वन कार्यालयले अध्ययन थालेको जनाएको छ ।
