मिर्चैयामा कुस्ति प्रतियोगिता सम्पन्न

प्रकाशित समय 6:02:00 AM
राम नारायण पंडित
सिरहा, ०४ कार्तिक । सिरहाको मिर्चेयामा कुस्ति प्रतियोगिता सम्पन्न भएको छ । संस्कृति सम्वद्र्धन र खेलकुदको प्रवद्र्धन गर्ने उदेश्यले लक्ष्मी पुजाको अवसरमा मिर्चैयामा आयोजना गरिएको दुई दिवसीय कुस्ति प्रतियोगिता शनिवार सम्पन्न भएको लक्ष्मी पुजा मेला समिति मिर्चैया ६ मटियर्बाका सचिव रामप्रित साहले बताए ।
कुस्ती प्रतियोगितमा नेपालका विभिन्न स्थानको साथै छिमेकी मुलुक भारतका प्रसिद्ध कुस्तिवाजहरुले कुस्ति लडे्का थिए । कुस्ति प्रतियोगितामा भारतका अयोध्या, मध्यप्रदेश, कानपुर, गजियाबाद, कुरुक्षेत्र त्यस्तै नेपालका बिभिन्न स्थानका पहलानहरुले कुस्तिको माध्यमले दर्शकहरुलाई मनमोहित गरेका थिए । यसैबिच महिला पहलमानहरुले पनि कुस्तिको माध्यमले दर्शकहरुलाई झुमाएका थिए ।
प्रतियोगितामा पुरुष तिर मुनु यादब, बिरजु यादब, सैतान सिंह, अरविन्द यादब, बाबा नायक र महिला तिर सोनिया, रिया र गुडिया पहलमानले कुस्ति लडे्का थिए । यहि कार्तिक ३ गते पुर्व कानुन मन्त्री अजय शंकर नायकले कुस्ति प्रतियोगिताको उदघाटन गरेका थिए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »