शिक्षकको राजनीतिमोहले शैक्षिक गुणस्तर खस्कियो

प्रकाशित समय 9:58:00 AM
रौतहट, ६ कार्तिक । सरोकारवालाहरुले अधिकांश सामाुदायिक विद्यालयका शिक्षकहरु राजनीतिमा लागेकाले विद्यालयको शिक्षा कमजोर बन्दै गएको बताएका छन् ।
रौतहटको कटहरिया स्थित जनता
माविमा आयोजित कार्यक्रमका सहभागि बक्ताहरुले शिक्षकले राजनीति गर्दा शैक्षिक गुणस्तर बढ्न नसकेको बताएका हुन् । छठपर्वको शुुभकामना आदान प्रदान कार्यक्रमका वक्ताहरुले अधिकांश शिक्षकहरु राजनीतिमा लागेकाले शिक्षाको स्तर खस्किदै गएको तथा शिक्षकहरुले आफना छोरा छोरीलाई शहरका महंगा विद्यालयमा अध्यापन गराउने गरेको बताए । उनीहरुले गरिवका छोराछोरी मात्र सामुुदायीक बिद्यालयमा अध्ययन गरिरहेकाले बिद्यालयको शिक्षास्तर सुुधार गराउन निर्वाचित जनप्रतिनिधीहरुलाई आग्रह गरे ।
जनप्रतिनिधी विहिनको अवस्थामा शिक्षा क्षेत्र संगै स्वास्थ्य क्षेत्रको अवस्था पनी नाजुुक रहेको र प्राथमिक स्वास्थ्य केन्द्र कटहरियामा रहेको एम्बुुलेन्सको पछिलो केही महिना देखी हराईरहेकाले उक्त समस्या प्रती ध्यान दिन समेत वक्ताहरुले माग गरेका छन ।
केन्द्रमा सर्प टोकाई बिरुद्धको भ्याकसीन नभएकाले अनाहकमा कतिपय सर्पदंसका बिरामीले ज्यान गुुमाउने अवस्था रहेकाले अविलम्व एन्टी स्नेक भ्याकसीन र स्याल टोकाई बिरुद्धको भ्याकसीनको ब्यवस्था गराउन माग गरीएको छ ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधीहरुका साथै नेपाली कांग्रेसका रामएकवाल यादव, एमालेका योगेन्द्र साह, फोरमका जयमंगल साह, माओबादी केन्द्रका कुुन्दन कुुसवाहा,राकेश गिरी,पत्रकार सञ्जय मिश्रा,खानेपानीका सिता लुुईटेल,लगायतले कटहरिया नगरको अवस्थाका बारेमा धारणा राखेका थिए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »