दिउँसो साढे ३ बजेको समयमा बाख्रा चराउँदै गरेका दुवै बापलका अत्यधिक गर्मीका कारण खोलामा नुहाउन जाँदा हराएका हुन् । रामनारायण दासकी ८ वर्षकी छोरी ममताकुमारी दास र विकास दासकी १० वर्षकी छोरी काजलकुमारी दास डुबेर वेपत्ता भएका हुन् ।
खोलामा डुबेर वेपत्ता भएपछि उनीहरुसँगै बाख्रा चराउन गएका साथीहरुले बालिका डुबेर वेपता भएको खवर स्थानीय अभिभावक तथा प्रहरीलाई जानकारी गराएको थिए । खोलामा डबेर वेपता भएकाहरुको खोजी कार्य भइरहेको इप्रका गंगापिपराका प्रहरी नायव निरीक्षक उमाशंकर यादवले बताएको छ ।
