सिरहामा वाम गठबन्धन कमजोर

प्रकाशित समय 1:02:00 PM
शम्भु यादव
लहान, १२ कार्तिक । प्रतिनिधि सभाको निर्वाचनका लागि नेपाली काँग्रेस–फोरम–राजपाको चुनावी गठबन्धन बन्यो भने सिरहामा वाम गठबन्धन भन्दा बलियो हुने देखिएको छ । गत असोज ३ गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा राजनीतिक पार्टीहरुले पाएको मतका आधारमा वाम गठबन्धन कमजोर देखिएका छन् ।
१७ स्थानीय तहमध्ये माओवादी ६, एमाले ४, फोरम ५ र नेपाली काँग्रेस २ तहमा विजय प्राप्त गरेका छन् । तर, एमाले–माओवादीको वाम गठबन्धन भन्दा नेपाली काँग्रेस–फोरम–राजपाको गठबन्धन ४ वटै निर्वाचन क्षेत्रमा बलियो देखिएको छ । क्षेत्र नम्बर १, २, ३ र ४ मा वाम गठबन्धन कमजोर छ ।
क्षेत्र नम्बर एक: स्थानीय निकायको निर्वाचनमा क्षेत्र नम्बर एक पर्ने नगरपालिका र गाउँपालिकामा वाम गठबन्धनले कम मत पाएका छन् । लहान नगरपालिकामा एमाले, माओवादी क्रमश ः ११३०७, २४९६ पाएका छन् भने, काँग्रेस, फोरम, राजपाले क्रमशः ९१३८, ५७३७, ८१६ मत प्राप्त गरेका छन् ।
धनगढीमाई नगरपालिकाको वडा नम्बर १ र २ मा एमाले ८५८, माओवादी ३९०, काँग्रेस ६६९, फोरम २८३ र राजपा ६७ मत पाएका छन् । यस्तै, लक्ष्मीपुर पतारी गाउँपालिकाको वडा नम्बर २, ३, ४, ५, ६ मा काँग्रेस २७८३, एमाले २३२६, माओवादी, २६१, फोरम ३३२७ र राजपा २५४ मत प्राप्त गरेका छन् ।
सखुवानन्कारकट्टि गाउँपालिकामा काँग्रेस १७३१, एमाले ३१५५, माओवादी ३३४, फोरम २२६७ र राजपा २६ मत त्यस्तै भगवानपुर गाउँपालिकामा काँग्रेस ८८९, एमाले २९७३, माओवादी २९४, फोरम ३०५८ मत पाएका छन् । नेपाली काँग्रेस, फोरम, राजपाको मत ३१०४५, एमाले–माओवादीको मत २४३९४ र अन्य दलको मत ६१६४ छ । यस क्षेत्रमा वाम गठबन्धन ६६५१ मत अन्तरले पछाडी देखिएको छ ।
क्षेत्र नम्बर दुई : धनगढीमाई नगरपालिकाको वडा नम्बर ३ देखि १४ सम्ममा काँग्रेस ३७५९, एमाले ३९७६, माओवादी ५२२९, फोरम १८५९ र राजपा २०२ मत पाएका छन् । लक्ष्मीपुर पतारी गाउँपालिकाको वडा नम्बर १ मा काँग्रेस २४७, एमाले ४६८, माओवादी ३४७ फोरम ५१७ मत प्राप्त गरेका हुन् । गोलबजार नगरपालिकाको वडा नम्बर १३ मा काँग्रेस ६४१, एमाले ६८, माओवादी १०२ र फोरम १११७ मत त्यस्तै सुखीपुर नगरपालिकामा काँग्रेस २५३८, एमाले ६१११, फोरम ४१८६ र राजपाले १०७५ मत प्राप्त गरेका छन् । वरियारपट्टि गाउँपालिकामा काँग्रेस २८८१, एमाले ७१६, माओवादी ५२८ र फोरम ३९७९ मत यस्तै, नवराजपुर गाउँपालिकामा काँग्रेस २३८३, एमाले १८७४, माओवादी १२०, फोरम २११४ र राजपा ३२७ मत पाएका छन् ।
औरही गाउँपालिकामा काँग्रेस १८३५, एमाले १०१६, माओवादी २६५८, फोरम २६५२ मत अर्नमा गाउँपालिकाको वडा नम्बर ४ र ५ मा काँग्रेस १००२, एमाले ९७९, माओवादी ३८१, फोरम ५८१ र राजपाले ४ मत पाएका छन् । एमाले–माओवादीले २४५७३ मत र काँग्रेस–फोरम–राजपाले ३३८९९ तथा अन्य दलले ८१९ मत प्राप्त गरेका छन् । यस क्षेत्रमा पनि वाम गठबन्धन ९३२६ मतले पछाडी छन् ।
क्षेत्र नम्बर तीन : गोलबजार नगरपालिकाको १ वडा देखि १२ वडा सम्ममा नेपाली काँग्रेस २४४८, एमाले ४३९९, माओवादी ६२३६, फोरम २२९० र राजपा ३८३ मत पाएका छन् । नरहा गाउँपालिकाको वडा १ र २ मा काँग्रेस ७२१, एमाले ७९८, माओवादी ६९६, फोरम ३८४ र राजपा १९७ मत प्राप्त गरेका छन् ।
यस्तै, विष्णपुर गाउँपालिकाको वडा १ र ५ मा काँग्रेस ७६१, एमाले ५२७, माओवादी ८००, फोरम ७२७ र राजपा २२५ मत त्यसैगरी अर्नमा गाउँपालिकाको वडा नम्बर १,२,३ मा काँग्रेस ८४०, एमाले १७२७, माओवादी १५४९, फोरम १४१८ र राजपा २६१ मत पाएको छ । सिरहा नगरपालिकामा काँग्रेस ८२६२, एमाले ९०६३, माओवादी १५०३, फोरम ९२३४ र राजपा ५१५ मत प्राप्त गरेका हुन् ।
यसक्षेत्रमा काँग्रेस गठबन्धनले २८६६६ र वामगठबन्धनले २७२९८ र अन्य पार्टी ३३१७ मत प्राप्त गरको छ । भने १३६८ मतले काँग्रेस–फोरम–राजपाको गठबन्धन अगाडी हुने देखिएको छ ।
क्षेत्र नम्बर चार : कर्जन्हा नगरपालिकामा काँग्रेस ९८६, एमाले ३१९०, माओवादी ४३०९, फोरम १९९५ र राजपा १७८ मत त्यसैगरी कल्याणपुर नगरपालिकामा काँग्रेसले ४८०४, एमाले ३३२६, माओवादी २३२७, फोरम २५९५ र राजपाले ४५९५ मत प्राप्त गरेका छन् ।
मिर्चैया नगरपालिकामा काँग्रेस ३३१७, एमाले २८८३, माओवादी ४७३६, फोरम १६१९ र राजपा २१३५ मत त्यस्तै विष्णुपुर गाउँपालिकाको वडा नम्बर २,३,४ मा काँग्रेस १०१९, एमाले २७०, माओवादी २७९, फोरम १४५० र राजपा ५१६ मत ल्याएका छन् । नरहा गाउँपालिकाको वडा ३,४,५ मा काँग्रेस ४०५, एमाले १३३४, माओवादी ७५९, फोरम ९५५ र राजपाले ४९१ मत प्राप्त गरेका हुन ।
यसक्षेत्रमा पनि वाम गठबन्धन कमजोर देखिएका छन् । एमाले–माओवादीले २३५०३ र काँगे्रस–फोरम–राजपाले २७०६२ तथा अन्य दलले ३९३१ मत पाएका छन् । वाम गठबन्धन ३५५९ मतले पछाडी देखिएका छन् ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »