
त्यस्तै नयाँ शक्ति पार्टी नेपाल प्रदेश नं. २ का संयोजक डा. सुरेन्द्र यादवले पार्टी मंगलबारै संघिय समाजवादी फोरम नेपालमा प्रवेश गर्ने भएको छ ।
मंगलबार जनकपुर यात्री निवासमा भएको पार्टी प्रवेश कार्यक्रममा संघिय समाजवादी फोरम नेपालका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवले डा. सुरेन्द्र यादवलाई पार्टीमा प्रवेश गराएको छ । अध्यक्ष उपेन्द्र यादवले मधेश आन्दोलनका शहिदले देखेका सपना सकार गर्न प्रदेश नं. २ मा मधेश सरकार बनाउनै पर्ने बताएको छ । मधेशमा मधेशी पार्टीले ल्याएको बहुमतले मुलुकको राजनीतिमा हलचल भएको उनले बताएको छ ।
डा. सुरेन्द्र यादवसंग नयाँ शक्ति पार्टी नेपालका महोत्तरी र धनुषाका अधिकांश नेता र कार्यक्रताहरू संघिय समाजवादी फोरम नेपालमा प्रवेश गरेका छन । नयाँ शक्ति पार्टी नेपालका राष्ट्रिय संयोजक डा. वावुराम भट्टराईले एक्लौटी रुपमा एमाले–माओवादीसँग पार्टी एकिकरण गर्ने र सुर्य चिन्ह लिएर चुनाव लडने निर्णय गरेपछि पार्टीको एमालेकारण भएकोले डा. सुरेन्द्र यादवले आफु परित्याग गरेको बताएको छ ।
नयाँ शक्ति पार्टीको एमालेकारणले वैकल्पिक राजनिति पार्टी हुने एजेण्डा नै समाप्त भएको र कम्युनिष्ट पार्टीहरूले देशको विकास गर्न नसकने डा. यादवले बताएको छ ।
