महेश राजविराजस्थित वल्र्डभिजन स्कुलमा कक्षा ५ मा अध्ययन गर्दै आएका थिए । महेश हराएको विषयमा जिल्ला प्रहरी कार्यालयमा उजुरीसमेत दिइएको बताइएको छ । बेपत्ता भएका महेशको खोजी गरी दिन नागरिक समाज, मानवअधिकारकर्मी तथा स्थानीय सञ्चारकर्मीलाई पीडितका परिवारले आग्रह गरेका छन् ।
त्यस्तै आठ महिने छोरो सुतेको बेला आमाको काखबाटै बेपत्ता भएका छन् । धनुषाको कमलामाई नगरपालिकाको ३ पर्साका महेन्द्र यादवका आठ महिनाका छोरा सुमन गत असोज १२ गते रातको करिब १२ बजे चोरी भएको हो ।
दसैंको अष्टमीको रातमा ३ छोरी र दुधे बालकसंगै गर्मी छल्न घरको छतमा सुतेकी सुनितादेवी यादव १२ बजेसम्म बच्चा काखमै रहेको र १ ब्युँझिदा गायब भएको बताउँछिन् । बच्चा हराएको एक घण्टा नबित्दै करिब १ बजे खजुरी स्टेशन प्रहरी चौकीलाई परिवारले जानकारी गराएको थियो ।
’राति नै बालक हराएको खबर आएपछि हामीले घटनाको सुक्ष्म अध्ययन सुरु ग¥यौं, कसैले अपहरण गरेको त होइन पनि लाग्यो, तर अहिलेसम्म कुनै सुईको पाउन सकेका छैनौं’ इलाका प्रहरी कार्यालय खजूरीका प्रहरी निरीक्षक ओम अधिकारीले भने । जिल्ला प्रहरी कार्यालय धनुषाले पनि सबै चौकीहरुमा बच्चा हराएको जानकारी गरायो । तर पनि बच्चा हालसम्म कुन अवस्थामा छ, कहाँ छ भन्ने भन्न मुश्किल भएको प्रहरी निरीक्षक अधिकारीले बताए ।
’आमाको काखबाट छुटेको १६ दिनसम्म पनि आफ्नो छोरा नभेटिदा आमा पटक–पटक मुर्छित हुन्छिन् । न त निदाउन सक्छिन, न छोराको विछोडको पिडाले खाना नै खान्छिन’ परिवारका एक सदस्यले भने । गत असोज १२ गते राति यादवका श्रीमती सुनिता छोरालाई लिएर घरको छतमा सुतिरहेको बेला राति १२ बजे अचानक बच्चा वेपत्ता भएको घरपरिवारले जनाएको छ । बच्चा वेपत्ता भएकै बेला स्थानीय इलाका प्रहरी कार्यालय खजुरीमा जानकारी खोजतलास जारी राखे पनि हालसम्म फेला पर्न नसकेको परिवारजनले गुनासो छ ।
बच्चा कसैले दुश्मनी साध्न उठाएर लगेको हुनसक्ने परिवारजनको आशंका छ । बच्चा वेपत्ता भएपछि यादवका घरपरिवार शोकमा डुबेको छ । परिवारजनले बच्चा पत्ता लगाई दिन सबै पक्षसंग गुहार गरेका छन् । बच्चाका बुबा महेन्द्र यादव वैदेशिक रोजगरीका सिलसिलामा विदेशमा छन् ।
