झापाको विर्तामोडमा एकजना बालकको संकास्पद मृत्युको छानविनको विषयलाई लिएर भएको तनावमा शुक्रबार प्रहरीले प्रदर्शनकारीमाथि गोली चलाउँदा थापाको ज्यान गएको थियो । ६ जना घाइते हुनका साथै ३६ जनालाई प्रहरीले पक्राउ गरेको थियो । शनिबार भएको छलफलले प्रदर्शनकारीमाथि प्रहरी ज्यादती भएको निष्कर्ष दिँदै विर्तामोडका डिएसपी राजकुमार सिलवाललाई कारवाहीको लागि सिफारिस गर्ने निर्णय भएको छ । सिलवाललाई सदरमुकाम चन्द्रगढिस्थित जिल्ला प्रहरी कार्यालय तानिएको छ ।
गएको १४ असोजमा झापा अर्जुनधारा ११ का ११ वर्षे बालक लक्ष्मण शिवाकोटीको संकास्पद मृत्यु भएको घटनाको उचित छानविन नभएको भन्दै केही दिनदेखि मध्य झापाको विर्तामोड तनावग्रस्त भएको थियो । घटनाको अनुसन्धानको क्रममा प्रहरीले ३ जनालाई नियन्त्रणमा लिएको छ ।
