मेडिकल डाक्टरको गाउँमै सेवा गर्ने अभियान

प्रकाशित समय 1:05:00 PM
सिरहा, १२ कार्तिक । सिरहाको लहान वरिपरिका डाक्टर,नर्स,अहेब, अनमी पढेकाहरु तथा डाक्टरी पेशामा स्थापित भइसकेका व्यक्तित्वहरुको समुहले गाउँमै सेवा गर्ने अभियान थालेका छन् । वस्तीपुर ग्रामिण स्वास्थ्य केन्द्र संस्था स्थापन गरी उनीहरुले मानव स्वास्थ्य सम्बन्धी अभियान सुरु गरेका छन् । सोही अभियानको क्रममा एकसाता अगाडि लहान नगरपालिका १४ वस्तीपुरमा स्वास्थ्य शिविर मार्फत सैयौँ विरामीलाई उपचार गरेका छन् । विरामीहरुलाई उपचारको साथै औषधि पनि निःशुल्क उपलब्ध गराएका थिए ।
वस्तीपुर ग्रामिण स्वास्थ्य केन्द्र मार्फत मानिसको शारिरीक स्वास्थ्यको लागि मात्रै होइन, सामाजिक स्वास्थ्यको लागि पनि अभियान सुरु गरेको संस्थामा आवद्ध डा. सन्दर्भ गिरीले जानकारी गराएका छन् । उनले भने, ‘हामीले समय–समयमा स्वास्थ्य शिविरहरु आयोजना गरि विरामीलाई उपचार गर्छौ ।’
केही दिनभित्रै हामीले नाक, कान, घाँटीको शिविर गर्ने योजनामा रहेको डा. गिरीले बताए । नाफा वितरण नगर्ने हाम्रो संस्था हो । मानिसहरुलाई सहज स्वास्थ्य उपचारमा पहुँच पु¥याउनका निम्ति सामुदायिक अस्पताल पनि संस्थाले संचालन गर्ने उद्देश्य रहेको उनले सुनाए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »