पन्ध्र किलो गाँजासहित तीन जना पक्राउ

प्रकाशित समय 9:56:00 AM
महोत्तरी, २९ असोज । महोत्तरीको वर्दिबासबाट प्रहरीले आइतबार बिहान एक रात्री बसबाट १५ किलो गाँजासहित तीन जनालाई पक्राउ गरेको छ ।
ना ६ ख ५४३४ नम्बरको रात्रीबस बसबाट प्रहरीले दुई वटा झोलामा राखिएको तीन प्याकेट गाँजासहित दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बसका चालक र दुई जना यात्रु रहेको इलाका प्रहरी कार्यालय वर्दिबासले जनाएको छ । प्रहरीले पक्राउ गरिसकेपछि हत्कडी लगाउन खोज्दा भागेका उनीहरुलाई झण्डै एक किलोमिटर पर पुगेर पुनः समातेको प्रहरी नायव उपरीक्षक प्रविन पोखरेलले बताए ।
बसका चालक र गाँजा तस्करबिच पहिले देखि नै चिनजान रहेको र उनीहरु पेसेवर हुनसक्ने प्रहरीले आशंका गरेको छ । उनीहरुले गाँजा मकवानपुरबाट जलेश्वतर्फ लान खोजेको देखिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »