लहान नगरका नवनिर्वाचित जनप्रतिनिधिलाई अन्तरधार्मिक समितिद्धारा सम्मान

प्रकाशित समय 6:04:00 AM

लहान नगरलाई ध्वनी प्रदुषण मुक्त नगरपालिका बनाउने : मेयर मुनि साह

रामभरोसी महतो
लहान, ३ कार्तिक । नवनिर्वाचित सिरहाको लहान नगरपालिकाका मेयर मुनि साहले लहान नगरपालिकालाई ध्वनी प्रदुषण मुक्त नगरपालिका बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
सिरहाको लहानमा समग्र जन उत्थान केन्द्र लहानको संयोजनमा हातेमालो अन्तर धार्मिक समिति लहानद्धारा शुक्रवार लहानमा आयोजित शुभकामना आदान प्रदान तथा नवनिर्वाचित लहान नगरका जनप्रतिनिधिहरुको स्वागत तथा सम्मान कार्यक्रममा वहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । वहाँले लहान नगरपालिकालाई ध्वनी प्रदुषण मुक्त नगरपालिका बनाउनका लागि नगरपालिकाको अगामी बैठकबाट ठोस निर्णय गरी आगडि बढने बताउनु भयो । साथै वहाँले लहान नगरपाकिकाको कुनै पनि काममा अनाधिकृत रुपमा सेवाग्राही मार्फत कसैले रकम लिने गरेको छ भने तुरन्त आफुलाई जानकारी गराउन आग्रह गर्दै त्यसता कार्य गर्नेलाई कडा कार्वाही गरिने बताउनु भयो । वहाँले लहान नगरपालिकालाई भ्रष्टाचारमुक्त नगरको रुपमा पनि विकास गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । वहाँले आफुले नगरको विकासका लागि प्रतिवद्ध रहेकोले यसका लागि सबै पक्षको साथ र सहयोगको आवश्यकता औल्याउनु भयो ।
  यस्तै लहान नगरपालिकाकी उपमेयर सरियार चौधरीले लहान नगरमा धार्मिक भाइचारा र ध्वनी प्रदुषण रोक्नका लागि हातेमालो अन्तर धार्मिक समितिले खेलको भूमिका स्रहानिय रहेको भन्दै समितिसंग सहकार्य गरी लहान नगरलाई ध्वनी प्रर्दुषण मुक्त नगरपालिका बनाउने प्रतिवद्धता जनाउनु भयो । यसैगरी कार्यक्रमा वडा अध्यक्षहरु मध्येबाट कमलदेव यादव, कन्हैया गुप्ता, हेमन्त यादव र रोषण गुप्ताले सबै नगरबासीले अनुभूति हुने गरी नगरको विकास र सेवा सुविधा प्रवाह गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
धार्मिक भाइचारा तथा लहान नगरपालिकालाई ध्वनी प्रदुषण मुक्त नगरपालिका बनाउन गठित हातेमालो अन्तरधार्मिक समिति लहानले आयोजना गरेको सो समितिका संयोजक सुशिल चन्द्र अधिकारीले नवनिर्वाचित लहान नगरपालिकाका मेयर मुनी साह, उपमेयर सरियार चौधरी लगायत सम्पूर्ण वडा अध्यक्षहरुलाई दोसल्ला ओढाई सम्मान गर्दै कार्यकाल सफलताको लागि शुभकामना समेत दिनुभयो ।
कार्यक्रममा अन्तर धार्मिक समितिका सचिव समेत रहुनु भएका समग्र जन उत्थान केन्द्रका अध्यक्ष भैरवप्रसाद गेलालले हातेमालो अन्तर धार्मिक समितिले विगत दुई वर्षदेखि गर्दै आएको सम्वादको उपलब्धी तथा चुनौती र समस्याको बारेमा जानकारी प्रस्तुत गर्नुभएको थियो । समितिका संयोजक सुशिल चन्द्रअधिकारीको अध्यक्षता एवम् समग्र जन उत्थान केन्द्रका कार्यक्रम व्यवस्थापक सञ्चालनमा भएको सो कार्यक्रममा अन्तर धार्मिक समितिका सुर्यकुमार साह, इशलाम अलीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको रेडियो समग्र १०७ मेगाहर्जबाट प्रत्यक्ष प्रशारण गरेको थियो ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »