लागूऔषधसहित चार पक्राउ

प्रकाशित समय 7:41:00 PM
इटहरी, १९ असोज । लागूऔषधसहित चार जनालाई प्रहरीले विभिन्न स्थानबाट पक्राउ गरेको छ । कप्तानगञ्जबाट विराटनगरतर्फ जाँदै गरेको ना ४२ प ७२३५ नम्बरको मोटरसाइकलमा सवार विराटनगर–१७ का गोविन्द शर्माले बोकेको झोलाबाट १३० पिस नाईट्रोजन ट्याब्लेट र ३० ग्राम गाँजा प्रहरीले चेक जाँचको क्रममा बरामद गरिएको सुनसरीका प्रहरी प्रवक्ता डिएपसी नारायणप्रसाद चिमोरियाले जानकारी दिए । प्रहरीले शर्मा र मोटरसाईकल चालक देवानगञ्ज–४ का अमितकुमार शर्मालाई नियन्त्रणमा लिएको छ ।
त्यसैगरी धरान–११ गैरीगाउँ बस्ने सन्तोष कार्कीको घरमा छापा मार्दा ५१÷५१ एम्पुल एभिल, डाईजेपाम र लुपिजेसिक बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीले दीपक बिकको साथबाट ३९÷३९ थान एभिल, डाईजेल्याप र लुपिजेसिक बरामद गरेको छ । कार्की र बिकसहित चारैजनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको सुनसरी प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »