जग्गाको विषयमा दुई छोरा मिलेर बाबुको हत्या

प्रकाशित समय 9:16:00 AM
बारा, १४ कार्तिक । बारामा जग्गाको अंशसम्बन्धी विषयलाई लिएर छोराहरुमाथि बाबुको हत्या गरेको अभियोग लागेको छ । बिहानै ५ बजे जीतपुर सिमरा उपमहा नगरपालिका–२० इनर्वाशिरा निवासी ५५ वर्षका हीरालाल महतोलाई उनका छोराहरु सुशील र सुनिल मिली बाँसको भाटाले टाउकालगायत शरीरका अन्य भागमा हानेका थिए  । गम्भीर घाइते भएका उनको कलैया अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि वीरगञ्जस्थित हेल्थकेयरमा लगिएको थियो । त्यहाँ उपचारका क्रममा बिहान पौने १० बजे ज्यान गएको प्रहरी प्रवक्ता भुनेश्वर साहले जानकारी दिए ।
महतोको शव परीक्षणका लागि वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । अभियुक्त सुशील र सुनिललाई पक्राउ गरी हिरासतमा राखिएको प्रहरी उपरीक्षक राजकुमार वैधवारले बताए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »