पक्राउ पर्नेमा राजिवकुमार सिंह, सिखा झा, राहुल झा, सक्षमराज भण्डारी, मुकेशकुमार यादव, आशुतोष कुमार झा लगायत छन् । स्रोतका अनुसार सिखा झा र राहुल झाले प्रति विद्यार्थी १५÷१५ लाख लिएर प्रश्नपत्र आउट गराउँदै प्रविधि मार्फत चिट चोराउने धन्दा सञ्चालन गरेका हुन् । पक्राउ पछि प्रारम्भिक अनुसन्धान थालिएको महाशाखाका एसएसपी दिवेश लोहनीले बताए ।
स्रोतका अनुसार गिरोहले परीक्षा सुरु हुनु भन्दा अघि भाइवर मार्फत प्रश्नपत्र आउट गर्ने गरेको देखिएको छ । चिट चोराएर पास गराउने भन्दै रकम लिएका विद्यार्थीको कानमा विशेष प्रकारको वायरलेस डिभाइस राखेर बाहिरबाट उनीहरुले उत्तर टिपाउने गर्थे ।
