उद्योगपति चौधरी कांग्रेसको समानुपातिक सांसद सूचीमा

प्रकाशित समय 7:52:00 AM
नारायण शर्मा
नवलपरासी, १३ कार्तिक । नेपालका चर्चित उद्योगपति विनोद चौधरीको नाम नेपाली कांग्रेसले समानुपातिकबाट सांसदको सूचिमा राखेको छ । उनलाई मधेशी कोटाबाट समानुपातिकको सांसदको सूचिमा राखेको कांग्रेस संसदीय समितिका सदस्य एनपी साउदले बताएका छन्  ।
विनोद चौधरीको नवलपरासीको क्षेत्र नम्बर १ अन्तरगत दुम्कौलीमा चौधरी उद्योग ग्राम रहेको छ । चौधरीलाई कांग्रेसमा ल्याउन शशांक
कोइरालाको सल्लाह अनुसार कांग्रेस नेता एवं भारतकालागि पूर्वराजदूत दीपकुमार उपाध्यायले भुमिका खेलेका थिए । त्यसमा कांग्रेस सभापति शेरबहादर देउवाले तत्काल सर्मथन जनाएका थिए ।
यसअघि २०६४ सालको निर्वाचनमा नेकपा एमालेबाट समानुपातिकमा सभासद रहेका विनोद चौधरीले आफूले पाउने सबै तलबमा ५० गुणा बढी थपेर नवलपरासीमा योजनावद्ध पूवौधार विकास निमार्ण र लगानी गरेका कारण चर्चामा रहेका थिए । नवलपरासी क्षेत्र नम्बर १ मा स्थानिय तहको मतपरिणामलाई (वडागत मतको विश्लेषणमा) कांग्रेस १९७० मतले पछाडी रहको अवस्थामा चौधरीलाई कांग्रेसबाट समानुपातिकको सूचिमा राखिनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
नेपाली कांग्रेस नवलपरासीका सभापति विष्णु लामिछानेले विनोद चौधरी कांग्रेसको आवस्यकता अनुसार ल्याइएको र समानुपातिक सांसदमा पहिलो नम्बरमा प्राथामिकताका साथ पार्टीले राखेको बताए । ‘पार्टीलाई उहाँको आवस्यकता हो र परिवर्तित राजनीतिक सन्दर्भमा चौधरीजीलाई पनि उपयुक्त पार्टी कांग्रेस नै हो,’ लामिछानेले भने । गत स्थानीय तहको निर्वाचनमा चौधरीले आफ्नो मतदाता नामावलीमा यहाँ सारेका हुन् । उनले देवचुली नगरपालिका वडा नम्बर २ को दिव्यज्योति युवा क्लबको मतदान केन्द्रबाट मतहालेका थिए । उनको मतदाता क्रमसंख्या ७६३ हो ।
चौधरी फोब्र्स पत्रिकाको अर्बपतिको सूचिमा पर्ने एक मात्र नेपाली हुन । फोब्र्सका अनुसार कार्तिक ११ गतेको मुल्यमा उनको सम्पत्ति १ अर्ब ३८ करोड अमेरिकी डलर छ । फोब्र्सले धनीहरुको तत्कालिक सम्पत्ति आफ्नो वेबसाइटमा सार्वजनिक गर्छ । फोर्ब्सको सूचिमा उनी १५ सय ६७ औं नम्बरमा छन् ।
फोब्र्सका अनुसार चौधरीले करिब सय कम्पनीको व्यवस्थापन गर्छन् । उनको नेपालमा सबैभन्दा ठूलो आय हुने कम्पनी नबिल बैंक हो । तर वाईवाई चाउचाउका उत्पादक भनेर उनलाई अधिकांशले चिन्ने गरेका छन् ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »