गोलबजार स्पोर्ट क्लब विजयी

प्रकाशित समय 8:30:00 PM
गोलबजार, २० असोज । लहान नगरपालिका वडा नं १५ स्थित बानो फुटवल क्लबद्वारा दशैँ र तिहारको उपलक्ष्यमा सञ्चालित फुटबल खेलमा गोलबजार स्पोर्ट क्लब विजयी भएको छ । आठ वटा फुटबल टिम सहभागी भएको उक्त खेलको विजेता गोलबजार स्पोर्ट क्लबलाई सिरहा क्षेत्र नं १ सभासद् तथा पूर्वमन्त्री पद्मनारायण चौधरीले नगद रु २५ हजार, सिल्ड र प्रमाणपत्र र दोस्रो हुने डाइनामाइट फुटबल क्लबलाई नगद रु १५ हजार र प्रमाणपत्र प्रदान गरे ।
सोही अवसरमा प्रथम हुने महिला टिम लहान–१, सिंराहीलाई नगद रु पाँच हजार र प्रमाणपत्र, दोस्रो हुने महिला टिम गर्मेलाई रु तीन हजार पुरस्कार वितरण गरे । पुरस्कार वितरण कार्यक्रममा लहान नपा–१५ का वडा अध्यक्ष तेजनारायण चौधरी, जिल्ला खेलकुद परिषदका अध्यक्ष सचितानन्द चौधरीलगायत विभिन्न दलका प्रतिनिधिको सहभागिता थियो ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »