बालिकाको बलात्कारपछि आँखा निकालेर हत्या प्रयास

प्रकाशित समय 7:53:00 AM
प्रदीपचन्द्र राई
भोजपुर, १३ कार्तिक । दक्षिणी आमचोक गाउँपालिकास्थित एक दलित बालिकामाथि बलात्कारपश्चात निर्मम कुटपिट गरी ज्यान मार्ने प्रयास भएको छ ।  १४ वर्षीया रमा विश्वकर्मा (नाम परिवर्तन)लाई कार्तिक ११ गते दिउँसो सोही ठाउँकै सन्तोष श्रेष्ठले बलात्कारपछि आँखा झिकेर हत्या गर्ने प्रयास गरेका थिए ।
घरपरिवारले खोज्दै जाने क्रममा गाउँ नजिकैको भीरबाट लडेर घाइते अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायव उपरीक्षक दिपेन्द्र पञ्जियार थारुले जानकारी दिए । वलात्कृत बालिकालाई अर्धचेत अवस्थामा आफन्तजन र स्थानियबासीले भेटेपछि उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगेका थिए ।
पीडित बालिकाको परिवारको आर्थिक अवस्था कमजोर भएकाले खर्च खर्च अभावमा उपचार हुन नसकेको बालिकाको श्रोतले जानकारी दिएका छन् । बालिकाको देब्रे आँखा कामै नलाग्ने गरी विग्रीएको छ । बहिनीको उपचारार्थ सहयोगका लागि दाजुले सबैसँग सहयोगको अपिल गरिरहेका छन् ।
पीडितको परिवारबाट कुनै पनि रिपोर्ट र प्रतिक्रिया नआएको र बलात्कारको आरोपी सोही गाउँपालिका–९, श्री सरस्वती माध्यामिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत सन्तोष श्रेष्ठलाई नियन्त्रण लिइ जिल्ला प्रहरी कार्यालय ल्याउँदै गरिएको डिएसपी थारुले जानकारी दिएका छन् ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »