आमासँगै सुतेका बालक बेपता

प्रकाशित समय 6:55:00 PM
धनुषा, १८ असोज । आमासँगै सुतेका ७ महिने बालक वेपता भएका छन् । कमला नगरपालिका–३ का महेन्द्र यादवका ७ महिने छोरा सुमन यादव चोरी भएको पीडित परिवारले जनाएको छ । इँटाले बनेको पक्की घरमा आमा सुनिता देवीले असोज १२ गते सँगै सुताएका छोरा मध्यरातमा बेपता भएको हो । ’साँझ सँगै सुताएका छोरा राति ब्युझिँदा भेटिएन’, आमा सुनिताले भनिन, ‘रातभर घर आसपास र  आफन्त घरमा खोजे तर छोरो भेटिएन ।’पीडित परिवार बालक चोरी भएको भन्दै प्रहरी कार्यालयमा उजुरी गरेका छन् ।बालक हराएको विषयमा जानकारी आएको र खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »