झापाको चर्चमा विष्पोट गराउने योजनाकार पक्राउ

प्रकाशित समय 6:38:00 PM
काठमाडौं, १ कार्तिक । झापामा क्रिष्चियन धर्मको बिरोध गर्दै चर्चमा विष्फोट बनाउने प्रमुख योजनाकारलाई प्रहरीले २ वर्षपछि पक्राउ गरेको छ । विष्फोटका मुख्य योजनाकार मकवानपुर हटिया–५ घर भई हाल महाराजगंज, काठमाडौं बस्ने ३९ वर्षे विजय शर्मा भन्ने माधवप्रसाद भण्डारीलाई प्रहरीको अपराध महाशाखा, काठमाडौंले बुधबार पक्राउ गरेको हो ।
पक्राउ परेका भण्डारी हिन्दू मोर्चा नेपालका केन्द्रीय संयोजक रहेको प्रहरीले जानकारी दिएको छ । भण्डारीले नेपाल धर्म निरपेक्ष राष्ट्र घोषणा गर्न भनी संसदबाट संविधानमा व्यवस्था भएपछि नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्न दवाव दिन भन्दै क्रिष्चियन धर्मको विरुद्धमा २०७२ भदौ २८ गते राती करिब साढे ११ बजे झापाको तत्कालिन खजुरगाछी–६ का इमानुयल वेस्लेयान चर्चमा विष्फोट गराएका थिए ।
भण्डारीमाथि विष्फोटक पदार्थ ऐन २०१८ तथा संगठित अपराध निवारण ऐन २०७० अनुसार कार्वाही हुने प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »