
उनले संसदमा विचाराधीन चिकित्सा शिक्षा विधेयक तोडमोड गरेर जनतामुखी र विद्यार्थीमुखी नभई माफियामुखी ऐन जारी गर्ने अन्तिम प्रयास भइरहेकाले डा. केसी अनसनमा बसेका हुन् । गत असोज ९ गते सुरू गरेको १२ रुऔं अनसन दसैंका कारण ११ गते नै स्थगित गरेका डा. केसीले १९ बाट पुनः बस्ने बताएका थिए ।
अनसन स्थगित गरेपछि १३ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर चिकित्सा शिक्षा विधेयक तोडमरोड नगरी पारित गर्न उनले असोज १९ गतेसम्मको अल्टिमेटम दिएका थिए ।
