प्रहरीको पहलमा बालिकाविवाह रोकियो, मध्यरातमै जन्ती फर्के

प्रकाशित समय 10:45:00 AM
यमुना खनाल
लहान, ७ कार्तिक । लहान नगरपालिका वडा नम्बर ६ मा हुन लागेको बालिकाविवाह प्रहरीले रोकेको छ । सिरहाको लहान नगरपालिका ६ की सबिला खातुनको
भारत मधुवनी जिल्ला पदमा ग्रामका मोहम्मद आशिफ एकवालसँग सोमबार राती हुन लागेको विवाह प्रहरीले रोकेको हो ।
एकवाल जन्तीसहित बेहुलीको घर लहान ६ मा भारतको मधुबनीबाट आईपुगेका थिए । करिब ३ सय भन्दा बढी जन्ती लिएर आएको बिबाहमा ‘निकाहा’ (स्वयम्बर) हुन लाग्दा प्रहरीले रोकेको हो । बालविवाह हुँदैछ भन्ने सूचना पाएपछि प्रहरी विवाह स्थल पुगेर विवाह हुनबाट रोकेको थियो । प्रहरीले सुचना पाउना साथ विवाह प्रहरीको टोली विवाह मण्डपमा पुगेको ईलाका प्रहरी कार्यालय लहानका डीएसपी नरेसराज सुबेदीले जानकारी दिए । बेहुलीको उमेर नपुगी विवाह गर्न लागेको थाहा पाएपछि विवाह रोक्न लगाएको इलाका प्रहरी कार्यालय लाहानका प्रमुख डिएसपी सुवेदीले बताए । विवाह हुन लागेकी खातुन मदरसामा पढ्छिन् । उनको उमेर १४ बर्ष मात्र छ । तर परिवारको सहमतिमा हुन लागेको विवाहमा बेहुला एकवालको उमेर अन्दाजी २९÷३० बर्षको भएको प्रहरीले बताएको छ । बेहुलीको उमेर नपुगेकाले विवाह रोक्न प्रहरी विवाहस्थल पुगेपछि दुवै पक्षबिच विवाह नगर्ने सहमति भएपछि जन्ती राती नै फर्केको प्रहरीले बताएको छ ।
मुलुकी ऐन २०२० को भाग ४ को विवाहवारी सम्बन्धी संशोधित  महल अनुसार  केटा र केटी दुबैको उमेर विवाहका लागि २० बर्ष हुनुपर्ने उल्लेख गरिएको छ । तर देशका विभिन्न ठाउँमा अहिले पनि कानुनलाई चुनौती दिँदै बालविवाह भइरहेका छन् ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »