लेखापाल नहुँदा नगरपालिकाको काम प्रभावित

प्रकाशित समय 10:53:00 AM
महोत्तरी, ७ कार्तिक । महोत्तरीको गौशाला नगरपालिकामा लेखापाल नहुँदा नगरपालिकाको काम प्रभावित भएको छ । लामो समयदेखि लेखापालको दरबन्दी रिक्त हुदा निर्वाचित जनप्रतिनिधिलाई कार्यसम्पादनमा समस्या भएका हो ।
तत्कालिन लेखापाल कल्पना शाही नगरपालिकाबाट सरुवा भएपछि गौशाला नगरपालिका महिनौदेखि लेखापालविहीन हुँदा कार्यसम्पादनमा समस्या भएको हो । दरबन्दीका लेखापाल नहुँदा काजमा आएका लेखापालले नगरपालिकाको आर्थिक कारोबारमा मनोमानी गर्दै आएका छन् ।
नगरपालिकाले कोष तथा लेखा नियन्त्रण कार्यालयका लेखापाल नर्मेश यादवलाई काजमा ल्याएर आर्थिक कारोबार गर्दै आए पनि गत असोज महिनामा स्थानीय तहको चुनावको मतगणना गर्ने क्रममा बिरामी भएपछि उपचारको लागि बाहिर गएका थिए ।
हाल इलाका प्रशासन कार्यालय गौशालाका लेखापालले तत्काल नगरपालिकाको आर्थिक फाँट हेर्दै आएको भए पनि नगरको कामले गति लिन नसकेको नगरपालिकाका मेयर शिवनाथ महतोले बताए । लेखापालको दरबन्दी हुँदा समेत कार्यरत नभएको मौका छोपी तत्कालिन कार्यकारी अधिकृत शम्भु ठाकुरले एकैदिनमा ९० लाख रुपैयाँ गोलमाल बनाएको मेयर महतोले बताए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »