जिसस सप्तरीविरुद्ध अख्तियारमा उजुरी

प्रकाशित समय 7:25:00 PM
सप्तरी, २ कार्तिक । जिल्ला समन्वय समिति सप्तरीेले निकासीजन्य वस्तुमा लगाएको ठेक्का सम्झौता प्रक्रिया गलत भएको भन्दै त्यस ठेक्कालाई रद्द गर्न माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीमा उजुरी परेको छ । आर्थिक प्रलोभनमा परी बिना टेण्डर कृषि तथा पशुजन्य सामान निकासी कर उठाउने विषयमा ठेक्का दिएको भन्दै एक व्यक्तिले सो उजुरी दिएको बताइएको छ । जिल्ला समन्वय समितिले ठेक्का लगाउँदा फार्ममार्फत टेण्डर आह्वान गरेर लगाउनुपर्ने नियम भए पनि आर्थिक प्रलोभनमा परेर गैरकानुनी रुपले व्यक्तिलाई ठेक्का दिएको भन्दै ठेक्का बदर र कार्वाही गर्न  उजुरीमा माग गरिएको छ ।  
विसं २०७४÷७५ का लागी कृषिजन्य सामान र पशुचौपाया हाड, सिङ, खुर र पक्षीजन्य सामान निकासी कर उठाउने ठेक्कामा सार्वजनिक खरिद नियमावली, २०६४ विपरीत व्यक्तिलाई दिएको भन्दै राजविराज निवासी  अब्दुल मियाँले सो उजुरी दर्ता गराएको बताएको छ ।
मियाँले अख्तियारमा दिएको उजुरी ७७५ दर्ता नम्बर रहेको छ । २०७४÷०७५ का लागि पशु चौपाय, हाड सिङ खुर र पक्षीजन्य सामान निकासी कर रु १३ लाख ३७ हजारमा फर्सेठ आठ सप्तरीका वीरेन्द्रकुमार यादवलाई स्थानीय विकास अधिकारी सुदेवकुमार पोखरेलले ठेक्का दिएको थियो ।
त्यस्तै रुपनी गाउँपालिका–१ रायपुर निवासी अवास मियाँलाई समेत २०७४÷७५ का लागि कृषिजन्य समान निकासीकर ठेक्का निमित स्थानीय विकास अधिकारी नवराज खड्काले दिएको उजुरीमा उल्लेख छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यलय इटहरीका प्रमुख कालीप्रसाद पराजुलीले जिल्ला समन्वय समिति सप्तरीविरुद्ध उजुरी परेको र निवेदकको मागबमोजिम छानबिन हुने जानकारी दिए । यदि गलत प्रक्रियाबाट ठेक्का लागेका छन् भने कार्वाही हुने बताए । मियाँले अख्तियरमा उजुरी दर्ता गराएपश्चात् सो विषयमा पत्रकार लाई विहीबार छानबिनसम्बन्धी जानकारी दिएको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »