भारतको सुनौलीबाट पक्राउ परेका छोरा अजयलाई छुटाउन सुनौली गएका बेला देवनारायणलाई पनि भारतीय प्रहरीले पक्राउ गरेको थियो । भारतको सुपौल जिल्ला अन्तर्गत कुनौली थानाले पक्राउ गरेका देवनारायणलाई वीरपुर थानाले अपहरणको मुद्दा चलाएको थियो ।
अजयले केही महिना अघि १८ वर्षकी भारतीय युवतीसँग विवाह गरेको थियो । युवतीका परिवारले उजुरी गरेपछि अजय र उनका बाबुलाई पक्राउ गरिएको भारतीय प्रहरीले जनाएको थियो । तिलाठीका गाउँलेले भने ‘यादव बाबुछोरालाई भारतीय प्रहरीले फसाएको बताएका थिए ।’ नेपाल भारत सीमामा पर्ने तिलाठिमा पोहोर भारतीय पक्षले सीमा मिच्न खोजेपछि रोक्न गएका देवनारायण भारतीय सुरक्षाकर्मीसँगको झडपमा घाइते भएको थियो । त्यही कारण उनी र छोरालाई पक्राउ गरी अपहरणको मुद्दा चलाएकोे तिलाठीका बासिन्दाको भनाई थियो ।’
सीमा रक्षाका लागि लडेका देवनारायण र उनका छोराको रिहाईसँगै तिलाठीबासीमा खुशी छाएको छ । उनीहरु शनिबारै तिलाठीस्थित घरमा आइपुगेका छन् ।
