
। पाहुरमा लडु, खाजा, पान, मखान, गाजा, बादसाही प्रमुख रुपमा आउने गर्छन । कसको ससुरालीबाट कति पाहुर आयो भनि प्रतिस्पर्धा समेत देखिने गर्छन यस पर्वमा । धनीहरुको घरमा बढी पाहुर आउने गर्छन तर पाहुरको परम्परा गरीब धनी सबैमा रहेको छ ।

कोजाग्रातमा टाढा टाढाबाट मानिसहरु रामजानकीलाई पान मखान चढाउन आउने गर्छन । साहित्यकार अयोध्यानाथ चौधरीका अनुसार यो पर्वमा भगवान विष्णुलाई स्मरण गरिन्छ । विष्णुको अवतार राम रहेका छन् त्यसैले जानकी मन्दिरमा र मिथिलाञ्चलमा ज्वाईलाई पनि विष्णुकै रुपमा लिने गरिन्छ ।
नव विवाहित बेहुलाहरुको घरमा जसरी ससुरालीबाट पाहुर आउने गर्छन त्यसरी नै रामजानकीको समेत पाहुर आएको छ । महोत्तरी रतौलीका स्व.ब्रहमदेव ठाकुरको घरबाट प्रत्येक वर्ष जस्तै एक सय १ वटा भार आएको छ । मन्दिरको पाहुरमा पनि पान, मखान, लडु, खाजा थियो । स्व.ब्रहमदेव ठाकुरको घरबाट जानकी मन्दिरमा परम्परागत हिसाबले कन्धामा पाहुर आउने गर्छ । यो परम्परा १ सय १२ वर्षदेखि चल्दै आएको छ । ती पाहुरहरु स्थानीयवासीहरु रतौलीवाट काँधमा बोकेर ल्याएका थिए । पाहुरलाई लिएर नगर परिक्रमा पनि गरिएको थियो ।

