
गरेका छन ।
मंगलबार एकाबिहानै जनकपुर उपमहा नगरपालिकाको पिडारीचोकदेखि मिल्स एरिया हुँदै भानुचोक सम्म अनुगमन गरिएको हो । एकीकृत शहरी विकास आयोजनाका कामहरुलाई अनुगमन गर्दै प्रमुख साहले ३२ किलोमिटर नाला र साढे ९ किलोमिटर सडक निर्माणमा मापन अनुसारको काम हुनुपर्ने र कामको गतिलाई अझ तिव्र बनाउनुपर्ने आवश्यकता रहेको बताएका छन ।
आफुहरुले एडिबीको काम गुणस्तरिय र राम्रो हुनुपर्ने उद्देश्यका साथ अनुगमन गरेको र यस कार्यमा आफ्नो पनि सहयोग रहने नवनिर्वा्चित वडा अध्यक्षहरुले बताएका छन । अनुगमन टिममा कन्सल्टेन्सिका इन्जिनियर, ठेकेदारको इन्जिनियर, प्राविधिक टिम, जनकपुर उपमहानगरपालिकाका इन्जिनियर बिरेन्द्र यादव लगायत विभिन्न वडाका वडाअध्यक्षहरुको पनि सहभागिता रहेको थियो ।
जनकपुरको मुहार फेर्नका लागि एकीकृत शहरी विकास परीयोजनाको कार्य जनकपुरधाममा लामो समय देखि सुस्त गतीमा हुँदै आएको छ भने परियोजनाको कार्य गुणस्तरहिन भइरहेको प्रति जनकपुरका युवाहरुले आवाज समेत उठाउँदै आएका छन ।
