
आगामी मंसिरमा हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन स्वच्छ, स्वतन्त्र र निष्पक्षरूपमा सञ्चालन गर्न आयोगबाट भइरहेको तयारीप्रति सन्तोष व्यक्त गर्दै प्रधानमन्त्री देउवाले निर्धक्कसँग निर्वाचनको काममा खट्न आयोग पदाधिकारीलाई सुझाव दिए । त्यस अवसरमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आगामी मंसिर १० र २१ गते प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन एकैपटक दुई चरणमा गर्ने गरी आयोगले निर्वाचन कार्यतालिका मुताबिक काम गरिरहेको जानकारी दिएका थिए ।
उनले निर्वाचन कार्यक्रमअनुसार गत असोज २९ गते राजनीतिक दलका तर्फबाट व्यापक उत्साहका साथ प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची पेश भएको सो अवसरमा प्रधानमन्त्री देउवालाई अवगत गराए । भेटमा प्रधानमन्त्री र आयोगका पदाधिकारीबीच दीपावली तथा छठलगायतका पर्वहरूको उपलक्ष्यमा शुभकामना आदानप्रदानसमेत भएको थियो ।
उक्त अवसरमा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, आयोगका निर्वाचन आयुक्तहरू इला शर्मा, नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौड्याल र सुधीरकुमार शाह तथा आयोगका सचिव बेगेन्द्रराज शर्मा पौड्याल सहभागी थिए ।
