रकम राष्ट्रिय वाणिज्य बैंकबाट लिई नजिकैको सनराइज बैंकमा राख्नका लागि छाप बनाउन सप्तकोशी माइक्रोबस स्टेशननिर एउटा पसलमा जाने क्रममा आएको नचिनेको व्यक्तिले ब्यागमा पैसा बोकेका मियाँका छोराको घाँटीमा फोहर दलेर भागेको पीडितले जनाएका छन् । हलिमा खातुनका नाममा रहेको १९०२५ नम्बरको खाताबाट निकालिएको रकमबाट आउँदो तिहारमा मलेठस्थित नहरचोकमा मियाँले हार्डवेयर पसल सञ्चालन गर्न लागेका थिए । यसैबिच रकम लुटेको आशंकामा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । रकम लुटेर फरार भएका व्यक्तिको खोजी तीव्र पारिएको प्रहरी उपरीक्षक मुकेशसिंहले बताए ।
