कारागार प्रशासनले उक्त मानसिक रोगीहरुको बेला बेलामा कोशी अञ्चल अस्पताल लगेर मानसिक रोग विशेषज्ञ डा. रोशन पोखरेललाई चेक जाँच गराउदै आएका छन । उक्त मानसिक रोगी मध्येबाट ३ जना महिला ,२० जना अद्यबैशे, १९ जना ५० कटेका मानिसहरु छन । उनिहरुको स्वास्स्थ्य अवस्थाको चेकजाँच कारागारले गर्दै आएको छ ।
कागार इन्चार्ज प्रेम प्रसाद सापकोटा भने,‘ ती सबैको उपचार कारागारले नै गर्दै आएको छ,। कारागारले ४ सय कैदी अटाउने क्षमता राख्छ । सो कारागारमा सात सय ५५ कैदी बन्दी छन । कागार इन्चार्ज प्रेम प्रसाद सापकोटाका अनुसार बुधबार थप करिब २२ जना कैदीलाई उपचारका लागी देशका विभिन्न स्थानमा उपचारकालागी पठाईएको छ ।
कोशी अञ्चल अस्पतालमा ५, नोवेल मेडिकल कलेज एण्ड टिचीङ हस्पीटल प्रा.लीमा ४ र अरु एक दर्जनलाई उपचारका लागि काठमाण्डौ पठाईएको सापकोटाले बताए । बुधबार भर्ना गरिएका कैदीबन्दीहरुमा खुट्टा सुन्नीने, बान्ता हुने, स्वासप्रश्वास गर्न समस्या हुने समस्या देखिएको उपचारमा संलग्न कोशिअञ्चल अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट डा रोशन पोखरेलको भनाई छ ।
