तीन वटा भरुवा बन्दुकसहित तीन पक्राउ

प्रकाशित समय 8:27:00 PM
बाँके, २० असोज । बर्दियाको बारबर्दिया नगरपालिका–१ जमुनीयाबाट प्रहरीले तीन वटा भरुवा बन्दुकसहित तीन जनालाई पक्राउ गरेको छ । संघीय प्रहरी इकाई कार्यालय नेपालगन्ज र इलाका प्रहरी कार्यालय बानियाभारबाट खटिएको संयुक्त प्रहरी टोलीले हतियार बरामद गरेको हो । गोप्य सूचनाको आधारमा स्थानीय ६४ वर्षका भक्तबहादुर सुनारको घरमा खानतलासी गर्दा हतियार भेटिएको संघीय प्रहरी इकाई कार्यालय नेपालगन्जले जनाएको छ ।
तीन वटा भरुवा बन्दुकको साथमा तीन वटा फलामको सनासो, १÷१ वटा सानो ठूलो फलामको रेती, १ वटा घन, २ वटा हतौडी, १ वटा फलाम काट्ने छिनो, २ वटा प्वाल पार्ने छिनो र १ वटा पंखा बरामद गरेको छ । प्रहरीले भक्त बहादुरसहित ५२ वर्षका बलबहादुर सोनार र नेपालगन्ज उपमहानगरपालिका–२० का  ४० वर्षका इन्द्रबहादुर सुनारलाई  समेत पक्राउ गरेको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »