सिरहाबाट चोहर्वातर्फ जाँदै गरेको स१च ९०२ नम्बरको बोलेरो जिपले ना११प ५५३१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक सिरहा नगरपालिका–७ निवासी २५ वर्षीय जय यादवको उपचारका क्रममा मृत्यु भएको हो ।
गम्भीर घाइते भएका यादवलाई उपचारका लागि विराटनगरस्थित गोल्डेन अस्पताल पठाइएकोमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
