ट्रान्सफर्मर मर्मतको माग गर्दै विद्युत प्राधिकरण कार्यालय मिर्चैयामा जानकारी गराएपनि कार्यालयले कुनै चासो नदिई कानमा तेलहाली सुतेको स्थानिय राम जिवन सिंहले गुनासो पोखेको छ । करिब दुई हजार भन्दा बढी घरधुरी भएको सो बडामा ट्रान्सफर्मर जडान नगरिएकोले धान, गहँु कुटान–पिसान लगायत खानेपानिको समस्या हुनको साथै मोबाइल चार्ज गर्न पनि कठिनाई भईरहेको स्थानिय श्याम सुन्दर महतोले बताए । महतोका अनुसार विद्युत प्राधिकरण मिर्चैया बितरण केन्द्रले ट्रान्सफर्मरको क्षमताभन्दा बढप् थ्रिफेज मिटर जडान भएको कारण ट्रान्सफर्मर विग्रिएको हो ।
यता नेपाल विद्युत प्राधिकरण मिर्चैया बितरण केन्द्रका प्रमुख शिबराम यादबले हुकिङ्क गरी विद्युत चुहावटका कारण ट्रान्सफर्मर विग्रिएको छ । विग्रिएको ट्रान्सफर्मरलाई सुचारु गर्न हप्ता दिनसम्म लाग्न सक्ने बताएका छन् ।
