जनकपुर, ३१ असोज । जनकपुरमा एक युवकको शव भेदिएको छ । जनकपुर उपमहानगरपालिका–४ राराब क्याम्पसबाट झण्डै ३ सय मिटर पूर्वमा रहेको जलाद नदीको पुलमुनि अन्दाजी २५ वर्षका युवकको शव मंगलबार बिहान फेला परेको हो । त्यहाँ अहिले प्रहरीटोली पुगेर घटनाको अनुसन्धान गरिरहेको छ । खोलाको पानीमा शव फेला परेको हो । प्रहरीका अनुसार अण्डरवेयर मात्रै लगाएका युवकको शवको सनाखत हुन सकेको छैन । शरीरमा कतै चोटपटक नदेखिएको र शव दुई दिनअघिको हुन सक्ने प्रहरीको अनुमान छ ।