सप्तरीबाट भारतीय कपडा व्यापारीका छोरा तीन दिनदेखि बेपत्ता

प्रकाशित समय 7:26:00 PM
सुनसरी, २ कार्तिक । भारत,वीरपुरका कपडा व्यापारी बालकृष्ण सारडाका ३५ वर्षीय छोरा अमितकुमार सारडा सप्तरीको कञ्चनपुरबाट बेपत्ता भएका छन् । मंगलबार साँझ पनि घर नफर्कीएपछि छोरा अपहरणमा परेको उनका बाबुले बताएका छन् । बालकृष्णले वीरपुर थानामा छोराको खोजीको लागि निवेदन दिएका छन् ।
मंगलबार सप्तरीको कञ्चनपुर बजारबाट कपडाको रकम उठाएर फर्कँदै गर्दा उनको अपहरण भएको दाबी परिवारले गरेको छ । बाबु बालकृष्णका अनुसार कञ्चनपुर बजारबाट मारुतीमा आएका दुई जनाले छोरालाई मुखमा कपडा खादेर अपहरण गरे । छोराको अपहरण के कारणले भयो भन्ने बारेमा उनले खुलाएनन् । रकमको लागि अपहरण गरिएको भए उनलाई फिरौतीको फोन आउनु पर्न त्यो पनि ७२ घण्टा सम्म आएको छैन ।
सप्तरीका एसपी मुकेश झाले अपहरण भएको जानकारी आफूहरुलाई पनि आएको र सोही आधारमा आफूहरुले खोजी कार्य जारी राखेको बताए । उनले अपहरण हो या होइन भन्ने विषयमा केही मानिसहरुलाई निगरानीमा राखेको बताए । अपहरण पछि फिरौती माग्नु पर्ने या अपहरण गर्दै गरेको स्थानीयले देख्नु पर्नेमा त्यस्तो तथ्य फेला नपरेकाले अहिलेनै यही भएको हो भनेर भन्न सकिने अवस्था नरहेको झाले बताए ।
सुपौल मुख्यालयका डिएसपी विनोदकुमारले नेपालको कञ्चनपुरबाट व्यापारीका छोरा अपहरण भएको र खोजी गरि पाऊँ भनि निवेदन आएको बताए । उनले बुधबार दिनभरी भारतीय प्रहरीको टोली नेपाल प्रहरीको सहयोगमा खोजी कार्यमा दिनभरी नेपालमै रहेको जनाए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »