त्रियुगा डिस्ट्रलरीका सुरक्षा गार्डमाथि गोली प्रहार

प्रकाशित समय 9:58:00 AM
लहान, २५ असोज । अज्ञात समूहले सप्तरीको सुरुगा नगरपालिकास्थित त्रियुगा डिस्ट्रलरीका सुरक्षागार्ड माथि गोली प्रहार गरेको छ । साँझ ७ बजेतिर आएको समूहले डिस्ट्रलरीको गेटमा बसिरहेका सुरक्षागार्ड मोरङको सुन्दर हरैचा नगरपालिका–६ निवासी २५ वर्षीय नवराज कोइरालामाथि गोली प्रहार गरेका हुन् ।
गोली लागेर घाइते भएका सुरक्षागार्ड कोइरालालाई उपचारको लागि लहानस्थित सप्तऋषि नर्सिङहोम पठाइएको इप्रका कडरबोनाका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए । घटनामा संलग्नहरुको खोजी तीव्र बनाइएको र घटनाबारे अनुसन्धान भइरहेको उनले बताए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »