सिरहाका राप्रपा नेता लगनलाल चौधरी एमाले प्रबेश

प्रकाशित समय 9:10:00 AM
यमुना खनाल
लहान, १४ कार्तिक । लहान नगरपालिकाको दुई पटकसम्म मेयर र जिल्ला सभापति समेत रहेर नेतृत्व लिइसकेका राष्ट्रिय प्रजातन्त्र पार्टी सिरहाका नेता लखनलाल चौधरी नेकपा एमालेमा प्रबेश गरेका छन् ।
चौधरी भर्खरै सम्पन्न तेस्रो चरणको स्थानीय तहको निर्बाचनका लागि राप्रपाको तर्फबाट मेयरका उम्मेद्वार थिए । चौधरीसँगै लहानमा ३ हजार भन्दा बढी नेता तथा कार्यकर्ता नेकपा एमलेमा प्रबेश गरेका छन् । नेकपा एमाले जिल्ला कमिटी सिरहाले मंगलबार लहानमा एक कार्यक्रममा नेता चौधरी एमाले प्रवेश गरेका हुन् ।
आगामी मंसिर २१ गते हुने प्रदेश र प्रतिनीधि सभा निर्बाचनमा बाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनबीच तीब्र प्रतिस्पर्धा हुने अड्कल काटिरहेका बेला राप्रपाका पुराना तथा प्रभाबशाली नेता एमालेमा प्रबेश गरेपछि सिरहामा बाम गठबन्धन बलियो बनेको छ ।
चौधरीले भर्खरै सम्पन्न स्थानीय तहको निर्बाचनमा ४४ सय मत ल्याएका थिए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »