तोकिए १ सय ६५ जना प्रमुख निर्वाचन अधिकृत र निर्वाचन अधिकृत

प्रकाशित समय 7:07:00 PM
काठमाडौं, १८ असोज । निर्वाचन आयोगले आगामी मंसिर १० र २१ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनाव गराउन १ सय ६५ जना मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत तोकेर जिल्ला र क्षेत्रमा पठाएको छ । आयोगको बैठकले ७७ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र अन्य न्यायाधीशलाई न्यायपरिषद्रुको सिफारिसमा मुख्य निर्वाचन अधिकृत जिल्लामा पठाएको हो ।
आयोगले न्याय सेवा आयोगको सिफारिसमा न्याय सेवाका द्वितीय श्रेणी अधिकृतलाई निर्वाचन अधिकृतमा असोज १९ देखि लागू हुने गरी नियुक्त गरेको हो । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नियुक्त भएका उक्त पदाधिकारीबाटै आफ्नो निर्वाचन क्षेत्रभित्र पर्ने दुई÷दुई वटा प्रदेशसभाका निर्वाचन क्षेत्रको समेत निर्वाचन सञ्चालन गर्ने जिम्मेवारी दिइएको आयोगले जनाएको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »