नरभक्षी चितुवाले पछिल्लो ३ वर्षमा १८ बालबालिकालाई आक्रमण गरेको छ भने १० भन्दा बढीको ज्यान लिएको छ । पछिल्लो पटक गएको सोमबार सन्धिखर्क नगरपालिका–२ का कुर बेहोरेका अशोक नेपालीकी ८ वर्षीया छोरी प्रशन्ना नेपालीलाई चितुवाले खाएको थियो । चितुवा नियन्त्रणमा लिन ३० जना नेपाली सेना र ३० जना प्रहरी गरी ६० जनाको टोलीले दैनिक खोजी कार्य जारी राखेको भए पनि नियन्त्रण लिन सकेको छैन ।
जिल्ला सुरक्षा समितिको निर्णयबाट चितुवा नियन्त्रणमा लिन वा मार्न टोली परिचालन भएका हुन् । प्रमुख जिल्ला अधिकारी खिमराज भुसालका अनुसार रातको समयमा पनि चितुवाको खोजी भइरहेको छ । २÷३ क्लस्टर बनाएर घेरा हाली खोज्ने कार्य शनिबारदेखि सुरु भएको छ ।
