एबीबीएस प्रवेश परीक्षा पुनः सञ्चालन गर्न विद्यार्थीको माग

प्रकाशित समय 9:58:00 AM
काठमाडौं, २९ असोज । त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान आईओएमले सञ्चालन गरेको एबीबीएस प्रवेश परीक्षा रद्द गरी पुनः सञ्चालन गर्न विद्यार्थीहरुले माग गरेका छन् ।
परीक्षामा सहभागी केही परीक्षार्थीले विशेष किसिमको विद्युतीय उपकरणको प्रयोग गरी चिट चोरेको भन्दै हालसम्म भएका परीक्षा रद्द गरी पुनः सञ्चालन गर्न माग गरेका हुन् । हालसम्म विद्युतीय उपकरणको प्रयोग गरी चिट गर्ने ११ जना परीक्षार्थी पक्राउ परिसकेका छन् ।
करीब ४० जना विद्यार्थीहरुले आइतबार डिन कायार्लय अगाडी धर्ना दिदै दोषीलाई कडा कारबाही गर्न माग गरेका छन् । यता, डक्टर्स सोसाइटी अफ नेपाल लगायत ६ वटा चिकित्सक संगठनले सो घटनाको भत्र्सना गर्दै परीक्षा रद्द गर्न माग गरेका छन् ।
चिट चोर्ने कार्यमा ठुलो संख्यामा विद्यार्थी संलग्न हुन सक्ने भन्दै सो संगठनले परीक्षाको सम्पूर्ण प्रक्रिया रद्द गरी पुनः परीक्षाको व्यवस्था गर्न माग गरेको हो ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »