‘ओभरलोड’ बोक्ने मालवाहक गाडीलाई कडाइ

प्रकाशित समय 6:41:00 PM
उदयपुर, १ कार्तिक । क्षमताभन्दा बढी (ओभरलोड) बोक्ने सवारी साधनमाथि प्रहरीले निगरानी सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरले जिल्लाका भित्रका सडकमा ’ओभरलोड’ बोक्ने मालवाहक सवारी साधनलाई ट्राफिक कार्यालयसँग सहकार्य गरी ट्राफिक नियमअनुसार कारवाही गर्ने भएको हो ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी नवराज भट्टले पहिलोपटक ओभरलोड बोक्ने मालवाहक सवारी साधनलाई निगरानी सुरु गरेको बताए । ’मंगलबार क्षमताभन्दा बढी काठ बोकेको ६ वटा टिपरलाई गल्ती नदोहो¥याउने शर्तमा छाडिएको छ,’ उनले भने, ’सडकको मापदण्डभन्दा बढी ’लोड’ बोक्ने मालवाहक सवारी साधनलाई पहिलो पटक सचेतना गराइने र दोस्रोपटक भेटे कारवाही गरिने छ ।’ भट्टका अनुसार सिरहातर्फ लाने क्रममा प्रहरीले चौदण्डीगढी नगरपालिका–९ स्थित सिमान्त सामुदायिक वन उपभोक्ता समूहबाट लाने क्रममा पक्राउ गरी छाडिएको छ ।
जिल्लाको गाईघाट, कटारी, वेल्टार, घुर्मी लगायतका क्षेत्रमा प्रहरीले विशेष निगरानी सुरु गरेको प्रहरीले जानकारी दिएको छ । जिल्लामा मालवाहक सवारी साधनले क्षमताभन्दा बढी सामान बोक्ने गरेका कारणा अधिकांश सडकको अवस्था नाजुक छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »