उपेन्द्र यादव सप्तरी–२ बाट चुनाव लड्ने पक्का

प्रकाशित समय 7:14:00 PM

बिहीबार औपचारिक घोषणा गरिने

एस.के. शान
सप्तरी, ८ कार्तिक । मंसिर २१ गते हुने प्रतिनिधिसभा चुनावमा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव सप्तरीबाट चुनाव लड्ने पक्का भएको छ । अध्यक्ष यादव सप्तरीको निर्वाचन क्षेत्र नं. २ बाट उम्मेदवार बन्ने पक्का भएको संघीय समाजवादी फो रम नेपाल, सप्तरीले जनाएको छ ।
क्षेत्र नं. २ जिल्ला सदरमुका राजविराजलाई समेटेर निर्माण गरिएको क्षेत्र हो । फोरम नेपाल सप्तरीका एक नेताका अनुसार अध्यक्ष यादव सप्तरी क्षेत्र नं. २ बाट चुनाव लड्ने पक्का भएको हो । ती नेताका अनुसार औपचारिक घोषणा भने बिहीबार हुनेछ ।
अध्यक्ष यादवको नाम मोरंग र सिरहाबाट प्रस्तावित भएपनि उनी सप्तरीबाटै चुनाव लड्ने भएका हुन् । श्रोतका अनुसार फोरम नेपाल र राजपासँगको गठबन्धनमा उनी यस क्षेत्रको उम्मेदबार बन्न लागेका हुन् । यस क्षेत्रमा संघीय समाजवादी फोरम नेपालको तर्फबाट केन्द्रीय सदस्य शैलेन्द्र साह र राजपाको तर्फबाट महासचिव मनिष सुमन तथा सहमहामन्त्री जयप्रकाश ठाकुरको नाम चर्चामा थियो ।
यी दुबैले प्रतिनिधिसभाका लागि उम्मेदबारी दिने दावी प्रस्तुत गरिरहँदा फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले उम्मेदबारी दिने भएका छन् । यादवले उम्मेदबारी दिने यो क्षेत्रमा ८६ हजार मतदाता रहेका छन् ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »